काडमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्डले दिएको चुनौती पछ्याएको नेपाललाई झट्का लागेको छ ।
नामिबियाविरुद्ध उत्कृष्ट खेलेका कुशल भुर्तेल आउट भएका छन् । नामिवियाविरुद्ध शतकीय इनिङ्स खेलेका भुर्तेलले ८ बलमा ४ चौकासहित १६ रन बनाएर आउट भएका हुन् । साथै ज्ञानेन्द्र मल्ल पनि ४ रन जोडेर आउट भएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको २७५ रनको चुनाती नेपालले पछ्याइरहेको छ । ३ ओभरको समाप्तिमा २ विकेट गुमाएर नेपालले ३६ रन जोड्दै चुनौती पछइरहेको छ ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो ।
स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।







कानुनमन्त्रीलाई कारबाही गर्न राष्ट्रिय सभाका
ओमानलाई ८७ रनले हराउँदै नेपाल
नेपाल एसिसी इमर्जिङ टिम्स एसिया
रास्वपा महामन्त्रीको प्रश्न : सिंहदरबार
बिल तिर्न नसक्दा अस्पतालबाहिर सुत्केरी
सांसद बिष्टको आरोप– सामाजिक सञ्जालमा