सभामुख घिमिरे र उप सभामुख रानालाई गृह जिल्लामा बधाई थाप्न भ्याइनभ्याइ

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई झापामा स्वागत गरिएको छ । बिहीबार झापा आइपुग्नुभएका सभामुख र उपसभामुखलाई अहिले झापामा सम्मान, बधाई तथा शुभकामना थाप्न भ्याइनभ्याइ छ ।

बिहीबार मात्रै बिर्तामोड नगरपालिकाले आयोजना गरेको सम्मान तथा बधाई ज्ञापन समारोहमा सभामुख घिमिरे र उपसभामुख रानालाई दर्जन बढी विभिन्न सङ्घ–संस्थाले सम्मान गरेका थिए ।

आज बिहानै सभामुख घिमिरे र उपसभामुख रानालाई बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका, सहारा नेपाल (साकोस) लगायतले सम्मान गरेका छन् । आजदेखि यही फागुन १४ गतेसम्म बिर्तामोडमा सञ्चालन हुन लागेको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटनका लागि झापा आउनुभएका सभामुख र उपसभामुखलाई यहाँका हरेक सामाजिक सङ्घ–संस्थासहित झापा क्षेत्र नं २ अन्तर्गत पर्ने स्थानीय तहले सम्मान गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?