झुटो वकपत्र दिएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको र दिएको आरोपमा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका इन्जिनियरसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले शुक्रबार एक विज्ञप्ति निकालेर घुस लिने इन्जिनियर भोगेन्द्रप्रसाद साह र घुस दिने बद्रि आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य र रत्नप्रसाद आचार्यविरुद्ध मुद्दा दायर गरेको जनाएको हो ।

इन्जिनियर साहले घुस लिई भ्रष्टाचार गरेको व्यहोराको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएकोमा तीन जनाले विशेष अदालत, काठमाडौं समक्ष वकपत्र गर्दा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बद्रि आचार्य भन्ने समुन्द्र आचार्य र चिरञ्जिवी आचार्यलाई २९ हजार रूपैयाँ र रत्नप्रसाद आचार्यले ८५ हजार रूपैयाँ घुस दिएकाले उनलाई सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम सजाय हुन मागदाबी पेश गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?