नेपालको राजनीतिक आकाशमा अहिले कालो बादल मडारिरहेको छ : पूर्वप्रधानमन्त्री नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

कटारी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताउनुभएको छ । उहाँले अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताउनुभयो ।

उदयपुरको सदरमुकाम गाईघाटमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले सङ्घीयता र गणतन्त्रसमेत धरापमा पर्न सक्ने खतरा उत्पन्न भएको तर्क गर्नुभयो । नेपालको राजनीतिक आकाशमा अहिले कालो बादल मडारिरहेकाले सङ्घीयता र संविधानमाथि नै खतरा रहेको अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन हुने र परिणाम आइसकेपछि अर्को गठबन्धन भएकाले यो गठबन्धनको सरकार अब धेरै दिन टिक्न नसक्ने दाबीसमेत गर्नुभयो । उहाँले मोरङको लेटाङमा शनिबारदेखि सुरु हुने १ नं प्रदेशस्तरीय साताव्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रम उद्घाटनका लागि मदन भण्डारी राजमार्ग हुँदै मोरङ जाने क्रममा उदयपुर आइपुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?