पुस्तक : पाण्डेयको ‘अमेरिका यात्रा’

हिमालय टाइम्स
Read Time = 8 mins
  • सुशीला घिमिरे

साहित्यकार मधुसूदन पाण्डेयको लघु काव्य ‘अमेरिका यात्रा’ शीर्षकमा हालै जनसमक्ष आएको छ । जीवन साहित्यमै समर्पित गरिरहनु भएका पाण्डेयका मौलिक, अनुदित र सम्पादित गरी एक सय जति पुस्तक प्रकाशित भइसकेको पाइन्छन् । जसमध्येको कान्छो कृति हो यो ‘अमेरिका यात्रा’ । शीर्षकले नियात्रात्मक कृति हो कि जस्तो भान पारे पनि यो काव्यात्मक कृति हो । हालका दिनहरूमा अमेरिकारको यात्रा गर्ने नेपालीहरूको संख्या प्रसस्त पाइन्छ र तीमध्ये लेखकीय सामथ्र्य भएकाले गद्यमा नियात्रा नै धेरै लेखेको पाइन्छ । यसको अपवाद पात्रका रूपमा देखिनु भएको छ मधुसूदन पाण्डेय ।
उहाँले आपूmले अमेरिका भ्रमण गरेपछि भ्रमणका ती दृश्य र भेटघाटलाई कवितात्मक रूपमा झ्याउरे शैलीमा यसको लेखन गर्नुभएको छ । पुस्तक सानो पकेट साइजमा छ र यसलाई लघु काव्य भनिएको छ । यसको प्रकाशनको कार्य भुँडीपुरान प्रकाशन बागबजार काठमाडौंबाट भएको छ । पुस्तकको यो पहिलो संस्करण हो र ययो २०७९ साल अर्थात् हालैमात्र प्रकाशित भएको छ । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको लेआउट भुँडीपुराण डेस्कबाटै भएको छ । सानो छरितो स्ट्याण्डर्ड साइज भनिने यो पकेट साइजको पुस्तकको मोटाइ पनि त्यति ठूलो छैन । भूमिका खण्डमा १२ र पाठ्य खण्डमा ६८ पृष्ठ गरी पुस्तकमा जम्मा ८० पृष्ठ रहेको पाइन्छ ।

पुस्तको मूल्य १५० रुपैयाँ छ । पुस्तकमा पहेंलो हलुका तौलरहित कागज प्रयोग भएको छ । छपाइ स्तरीय छ तर अशुद्धिहरू भने पाइन्छन् । पुस्तकको आवरण आकर्षक छ । नीलो पृष्ठभूमिमा माथि सेता ठूला अक्षरमा पुस्तकको शीर्षक ‘अमेरिका यात्रा’ र त्यहीसँगै साना पहेंला अक्षरमा ‘लघु काव्य’ लेखिएको छ । त्यसमुनि संयुक्त राज्य अमेरिकारको राष्ट्रिय झण्डा र स्वतन्त्रताको प्रतीक रहेको छ । तल साना पहेंला अक्षरमा काव्यकारको नाम ‘मधुसूदन पाण्डेय’ भनेर दिइएको छ ।
पृष्ठ आवरणमा काव्यकारको फोटो तथा यस पुस्तकभित्र समावेश भएका महत्वपूर्ण केही श्लोकहरू उद्धृत गरिएको छ । तल बारकोड र प्रकाशक संस्था भुँडीपुराण प्रकाशनको नाम लोगोसहित उद्धृत गरिएको छ । पृष्ठआवरणको भित्री पृष्ठमा साहित्यकार त्रिलोचन आचार्यको ‘अमेरिका र यात्रा काप्यप्रति शुभकामना’, नारायण नेपालकको ‘मलाई मनपर्‍यो’ र तीर्थराज अधिकारीको ‘शुभेच्छा !’ रहेका छन् । भूमिका खण्डमा समर्पण छ जसमा ‘अमेरिका घुमघाममा सहयोगी तथा सहयात्री महानुभावहरू सबैमा’ भनिएको छ । त्यसपछि काव्यकारको भनाइ छ । उहाँले आफ्नो भनाइ सुरुमा कवितामै दिनुभएको छ र त्यसपछि भने गद्यमा दिनुभएको छ । त्यसपछि विषयसूची रहेको छ । उहाँले विभिन्न २३ शीर्षकमा विभिन्न ठाउँ तथा सन्दर्भको वर्णन गर्नुभएको छ ।

यसका साथै त्यहाँका पार्क झरना वैज्ञानिक केन्द्रहरू, पुस्तकालयलगायत अनेकौँ ठाउँ, नेपालीहरूको सद्भावपूर्ण व्यवहार, पारिवारिक सुमधुरलगायत अनेकौं कुरा यस पुस्तकबाट जानकारी पाइन्छ । पुस्तक पढ्दा एक प्रकारको मनोरञ्जनसमेत प्राप्त हुन्छ । पुस्तक सानो भएका कारण एक बसाइमै पढिसकिन्छ ।

पुस्तकमा आरम्भ, चित्ताकर्षक नायग्र, टेक्ससतिर दुई हप्ता, सुन्दर कोभर्ट पार्क, झन राम्रो ओएसिस, सनअन्टोनियो, नाका नै नासा, स्टार आफ् रिपब्लिक म्युजियम घुमफिर, पुस्तकालय अवलोकन, क्यामरुन पार्कमा तीन घण्टा, क्रिष्चियन देशमा हिन्दू मन्दिर, मेरिल्याण्ड घुमघाम, राष्ट्रिय चाडहरू र लुरे गुफा घुमघाम शीर्षक छन् । यसैगरी अन्य शीर्षकहरूमा बिल्लिगोट ट्रेल, वेष्ट साइड तथा हाइकर्ष बाइकर्ष ट्रेल, बाल्टिमोर एक्विरियम, डेलावरको कफी, क्यारोलाइना–जर्जिया घुमघाम, स्टोन माउण्टेनमा एक घण्टा, जर्जिया राज्य कोकाकोलाको शहर, न्यूयोर्क घुमघाम, जन्मदिन र वैवाहिक वर्षगाँठ र अन्त्यमा गरी २३ शीर्षकहरूअन्तर्गत विभिन्न जानकारी दिइएको छ ।

यस पुस्तकका केही खण्ड छोटा छन् भने केही लामा छन् । एक पृष्ठदेखि १० पृष्ठसम्मको फैलावटमा यस पुस्तकका भागहरू छन् । एक शीर्षकअन्तर्गतको भागबाट सुरु भएको काव्यका श्लोकहरू प्रत्येक पाठमा छुट्टाछुट्टै नभएर क्रमशः अगाडि बढेका हुनाले यस काव्यमा कति श्लेक छन् भन्नका लागि जोडिरहनु पर्दैन, अन्त्यमा त्यसको संख्या निस्किरहेकै हुन्छ । जसअनुसार यस लघुकाव्यमा जम्मा ३४९ श्लोक रहेका थाहा हुन्छ । झ्याउरे लयमा लेखिएको पाण्डेयको यस पुस्तकबाट अमेरिकाको बारेमा धेरै जानकारी लिन सकिन्छ ।

यसका साथै त्यहाँका पार्क झरना वैज्ञानिक केन्द्रहरू, पुस्तकालयलगायत अनेकौं ठाउँ, नेपालीहरूको सद्भावपूर्ण व्यवहार, पारिवारिक सुमधुरलगायत अनेकौं कुरा यस पुस्तकबाट जानकारी पाइन्छ । पुस्तक पढ्दा एक प्रकारको मनोरञ्जनसमेत प्राप्त हुन्छ । पुस्तक सानो भएका कारण एक बसाइमै पढिसकिन्छ । अमेरिकासम्बन्धी विभिन्न जिज्ञासाको यो पुस्तक पढेपछि समाधान भेटिन्छ । अमेरिका जानेहरूबाट लेखिएका विभिन्न पुस्तकमध्येको एक पुस्तक पाण्डेयको ‘अमेरिका यात्रा’ का लागि उहाँलाई बधाई तथा पुस्तकको सफलताको कामना । उहाँबाट अन्य पुस्तकहरूको समेत अपेक्षा गर्दै यसका लागि उहाँलाई अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?