झुन्डिएको अबस्थामा एक महिलाको शव फेला

सांकेतिक तस्बिर

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा झुन्डिएको अबस्थामा एक जना महिलाको शव फेला परेको छ । सदरमुकामै रहेको सिमकोट गाउँपालिका-१ दोजामकी अन्दाजी ३० वर्षिय छिरिङ कुडोल लामाले झुन्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राती ११ बजे सदरमुकाम सिमकोटको माथिल्लो बजार स्थित एक घरमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

उक्त घटना पछि प्रहरी घटनास्थलमा खटिएको छ । प्रहरी नायव उपरीक्षक भट्टराईकाअनुसार घटना के कति कारणले भयो त्यसको भने यकिन भैनसकेको र सो विषयमा अनुसन्धान भई रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?