जुम्ला । कर्णाली प्रदेशभरका स्थानीय तहमध्ये साविकको कर्णाली अंञ्चल हिमाली जिल्ला डोल्पामा रहेको जगदुल्ला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुशल निजामति प्रशासक केशवराज जैसीले कार्यसम्पादन मूल्याङ्कनमा पहिलो बनाएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्ययाङ्कनको आधारमा कर्णाली प्रदेशका ७९ वटा स्थानीयमध्ये डोल्पाको जगदुल्ला गाउँपालिकाका पहिलो बन्न सफल भएको छ । सो आयोगले निर्धारण गरिएका कार्यसम्पादनका विभिन्न सूचकको मूल्याङ्कन गरी अङ्क प्रदान गरेको नतिजा र आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचकाङ्कका आधारमा जगदुल्ला गाउँपालिका उकृष्ट भएको हो ।
उक्त वित्त आयोगका अनुसार कार्यसम्पादनका क्रममा गाउँ तथा नगरपालिकाले २०७९ असार १० गतेभित्र आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ तथा नगरसभामा पेस गरेको देखी आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्यसम्पादन सूचकसम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरेका १७ सूचकलाई आधार मानेर अङ्क प्रदान गरिएको छ ।
बजेट असार मसान्त भित्र पास गर्नुपर्छ । गरे–नगरेको विषय अर्को सूचक मानेको छ । स्थानीय तहले घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे–नगरेकोलाई समेत सूचक मानिएको छ । विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व संकलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्यांकनको आधार बनाएको छ । लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको संख्या, गर्भ जाँच गर्ने महिलाको संख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या, बालबालिकाको संख्या, पूर्ण खोप लगाएका बालबालिकाको संख्या समेतलाई मूल्यांकनको आधार सो आयोगले बनाइएको छ । वित्त आयोगले स्थानीय तहको कार्यसम्पादनका १७ सूचकलाई मूल्याङ्कन गर्दा डोल्पाको जगदुल्ला गाउँपालिकाले ७३.७२ प्रतिशत अङ्क प्राप्त गरेको छ । सो गाउँपालिका देशका ७५३ वटा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनको १२ औँ स्थानमा परेको छ । अधिकांश स्थानीय तहको अंक ५० प्रतिशत कटेका छन् । हिमाली जिल्लाको दुर्गम पालिका मानिएता पनि काम गर्ने इच्छा शक्ति हुनुपर्छ ।
स्रोत साधनदेखि कर्मचारीलाई सहि रुपमा परिचालन गर्ने सके पालिकालाई अब्बल बनाउन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज जैसीले हिमालय टाईम्ससंग भन्नुभयो,“ भौगोलिक विकटता कार्यसम्पादन र विकासको प्रधान बाधक होइन । स्थानीय सरकारबाट प्रदान गरिने सेवाप्रवाहदेखी विकासे कामलाई चुस्त गतिमा अघि बढाउन जनप्रतिधि र कर्मचारी बीच सहकार्य र समन्वय हुन अति आवश्यक रहेको छ ।
‘पालिकाले गर्ने हरेक खर्चलाई ऐेन कानुन, निर्देशिका र कार्यविधि अनुसार लागु हुने गरेको छ । पालिकाको आन्तरिक स्रोतलाई बढाउनका लागी स्थानीय सरकार ऐन भित्र रही कानुन र कार्यविधि बनाएका छांै । हाम्रो प्रवृत्ति, सोच र कार्यशैलीमा सुधार ल्याउन सक्ने हो भने सङ्घीय व्यवस्था सबैका लागि उपयोगी र हितकर छ । यसका लागि सरकारी तथा राज्यका सबै सार्वजनिक निकायहरू उत्तरदायी, पारदर्शी र जवाफदेही हुनुपर्ने’ जगदुल्ला गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत जैसीले बताउनुभयो । ”
अहिले पालिकाले आफ्नौ प्रशासकीय भवनबाट सेवा प्रवाह गरेको छ । हरेक वर्ष गाउँपालिकाले बार्षिक प्रगति प्रतिवेदन, चौमासिक प्रगति प्रतिवेदन,मासिक प्रगति प्रतिवेदन सार्वजनिक सुनुवाई र सार्वजनिक परीक्षण,लेखा परीक्षण प्रतिवेदन गर्ने गरेको छ । घटना दर्ता,नमुना फारम,नागरिक वडापत्र,समाजिक सुरक्षा र नयाँ व्यवसाय दर्ताका लागी विद्युत्सेवा मार्फत सेवा प्रवाह भएको जगदुल्ला गाउँपालिकाले जनाएको छ ।
उक्त गाउँपालिकाको छ वटा वडा कार्यालय रहेकाछन् । जुम्लाको गुठिचौर गाउँपालिका– ४ मा जन्मनुभएका जैसी २०६७ सालमा खरिदारबाट सरकारी सेवा प्रवेश गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच