केन्याका स्टेफेनलाई पोखरा म्याराथनको उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जित्नुभएको छ । उहाँले लगातार दोस्रोपटक यो उपाधि जित्नुभएको हो । शनिबार पोखरा रंगशालाबाट सुरू भएको दौडमा उहाँले निर्धारित ४२.१९५ किमी दूरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो ।

यसैगरी दोस्रो स्थानमा पनि केन्याका जुलियस मुरौकी रहनुभयो । उहाँले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा उक्त दूरी पूरा गर्नुभयो । नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा २५ मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय हुनुभयो ।

त्यस्तै, महिला सहभागी हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम हुनुभएको छ । उहाँले २१ किमी दूरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गर्नुभयो । एपिएफकी वृन्दा श्रेष्ठले निर्धारित दूरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गर्दै दोस्रो हुनुभयो भने आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरी तेस्रो हुनुभयो ।

पोखरा म्याराथनमा उपाधि विजेता स्टेफेनले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । द्वितीय सिमोनले तीन लाख र तृतीय मोहनले दुई लाख रुपैयाँ पाउनुभएको छ । यसैगरी महिला हाफ म्याराथनमा विजेता राजपुराले एक लाख ५० हजार, द्वितीय वृन्दाले एक लाख र तृतीय पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?