‘ज्याकीः आई एम ट्वान्टी वान’को फष्टलुक सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को फष्टलुक सार्वजनिक गरिएको छ । रेनाशा राई राणाले निर्देशन गर्नुभएको यो चलचित्रको फष्टलुक भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियो सार्वजनिक गर्दै चलचित्र वैशाख २१ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

चलचित्रको सार्वजनिक भिडियोमा अभिनेता धीरज मगरलाई प्रस्तुत गरिएको छ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको चलचित्रमामा धीरजसँगै जसिता गुरुङ र अरुण क्षेत्रीको मुख्य भूमिका छ ।

आई कोर फिल्म्स ब्यानरमा निर्माण भएको चलचित्रमा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?