कालिञ्चोक केबुलकार र सिटिजन्सबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र कालिञ्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले कालिञ्चोक केबुलकारमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

दुई संस्थाबीचको यस्तो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकको विश्वास छ । सिटिजन्स बैंकले देशभर फैलिएका १८२ शाखा, १३४ एटिएम र ९७ शाखारहित बैंकिङमार्फत् करिब १५ लाख २६ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?