विराटनगरमा पनि ‘उपाय स्टेशन’

Read Time = 1 min

विराटनगर । लजिटिक्स कम्पनी उपायले आफ्ना सेवा विस्तार गर्नेक्रममा प्रविधि र पूर्वाधारमा लगानी गर्ने योजनाअनुरूप विराटनगरमा उपाय स्टेशन सञ्चालनमा ल्याएको छ । करिब तीन बिघामा फैलिएको उपाय स्टेशनमा ड्राइभरलाई विश्राम केन्द्र, ७० भन्दा धेरै ट्रक पार्किङ व्यवस्था, नुहाउने र लुगा धुने स्थान, ट्रक मर्मत केन्द्र र सहुलियत क्यान्टिन सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको टंकी सिनबारीस्थित उपाय स्टेशन नेपालकै पहिलो विश्राम केन्द्र भएको बताइएको छ । कम्पनीले नेपालका सातै प्रदेशमा उपाय स्टेशन खोल्ने योजना बनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?