टर्की भूकम्पः १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

हिमालय टाइम्स
Read Time = 2 mins

इसतानबुल । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्।

उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ।

टर्कीका उद्धारकर्ताले १४ वर्षीय बालक, ४५ वर्षीय एक व्यक्तिसहित अर्को एक जनालाई भग्नावशेषबाट बाहिर निकालेका प्रहरी र स्वास्थ्यकर्मीले पुष्टि गरेका छन्। तीमध्ये एक जनाको भने अस्पताल लाने क्रममा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। तर, उनीहरूको नाम भने खुलेको छैन ।

गत फेब्रुअरी ६ मा ७.८ म्याग्निच्युडको भूकम्पले दक्षिणपूर्वी टर्की र सिरियामा ४३ हजारभन्दा बढीको ज्यान लिएको सार्वजनिक भईसकेको छ । सो भूकम्पमा परी लाखौं व्यक्तिहरू सुरक्षित आवासविहीन हुन पुगेका छन ।

चिसो मौसममा यति लामो समयसम्म भग्नावशेषमुनि अड्किए पनि टोलीहरूले जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। तर, पछिल्ला केही दिनमा उनीहरूको संख्या थोरैमा झरेको छ।

चिसो मौसम र लामो समय भग्नावशेष हटाउन नसक्दा बाँकीलाई जीवितै उद्धार गर्ने सम्भावना क्षीण बने पनि उद्धारकर्मीले आफ्नो अभियानलाई तीव्रता दिइरहेका टर्कीका अधिकारीले बताएका छन्।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?