बडिमालिका दर्शन गर्न पुग्ने भक्तजनहरुका लागी पाँच करोड लागतमा धर्मशाला निमार्ण हुँदै

बडिमालिका मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्य । तस्बिर : मानबहादुर बिश्वकर्मा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । पश्चिम नेपालकै बुह चर्चित धार्मिकस्थलका रुपमा रहेको बडिमालिका मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको लागी त्रिवेणीधाममा ५ करोडको लागतमा धर्मशाला निर्माण सुरु गरिएको छ ।

कर्णाली प्रदेश सरकार बन तथा पर्यटन मन्त्रालय मार्फत पाँच करोड बजेटले त्रिवेणीधाममा पक्की भवन, धारा र शौचालय निर्माण हुँन थालेको हो । कर्णाली प्रदेश सरकारले केही वर्ष अघि करोडौं बजेट छुट्टाएर सोही ठाउँमा कच्चि भवन निर्माण गरेपनी ति भवन केही दिन नबित्दै भत्किएका थिए ।

१२ महिनामा ३ महिना मात्र घाम लाग्ने यो ठाउँमा काम गर्न निकै कठिन रहेको छ । उपभोक्ता समितिले बनाएका धर्मशालाको सही तरिकाले अनुगमन नहुँदा बर्खामा निर्माण गरिएका ३ वटै धर्मशाला हिउँदमै भत्किएका थिए ।

पहिलेकै जस्तो नहोस भन्ने उद्देश्यले अहिले पक्की भवन निर्माण थालिएको डिभिजन बन कार्यालयका इन्जिनियर प्रकाश सेजुवालले बताउनुभयो । ३ वर्षभित्र धर्मशाला निर्माण गरिसक्नु पर्ने निर्माण कम्पनी सँग सम्झौता छ ।

सेजुवालकाअनुसार निर्माण स्थलसम्म निर्माण सामाग्री लैजान समस्या छ । अहिले पनी हिउँ छ । हेलीकप्टर मार्फत ढुवानी गरिएको छ । अहिले ३ प्रतिशतसम्म काम भइसकेको उहाँको भनाई छ ।

यस्ता छन बडिमालिका वरिपरि देखिने हिउँ कञ्चन फाँटहरु

समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाँईमा रहेको बाजुराको बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु बडिमालिकाका गहना हुँन् ।

बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरु हुँन तर आजभोलि यी फाँटहरु बिस्तारै मासिँदै गएका छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ ।

स्थानीय पर्यटन व्यवसायी मनराज सिम्खाडा बडीमालिका क्षेत्रलाई राष्ट्रिय निकुञ्ज घोषणा गरेर यसलाई संरक्षण गर्नुपर्ने बताउनुहुन्छ ।

बडीमालीका मन्दिर तथा फाँटसम्म जाने बाटो निकै अप्ठ्यारो छ । बाटोको सुविधा नभएका कारण जति पर्यटकको आगमन हुँनुपर्ने हो, त्यति हुँन सकेको छैन । बडिमालिका जानका लागी बाटोमा बाँस बस्ने ठाउँ छैन् । धार्मिक र पर्यटकीय रुपमा चर्चित रहेको यो क्षेत्रमा पर्यटक र भक्तजनहरुका लागी बाँस बस्ने घर नहुँदा त्यहाँ पुग्ने पर्यटकका लागी निकै चुनौती बन्ने गरेको छ । यसले गर्दा एक पटक दर्शन गर्न आएका भक्तजनहरु फेरी नफर्किने गरेका छन् । अब धर्मशाला बनेपछी पर्यटकहरुको आवागमनमा वृद्धी हुँने विश्वास छ ।

बडिमालिकामा प्रत्येक वर्ष जनै पूणिर्माका दिन ठूलो मेला लाग्छ । त्यो समयमा केही स्थानीय व्यापारीहरुले पसल राख्ने गर्छन् । अन्य समयमा त्यहाँ पसलहरु खासै भेटिँदैनन् । बडिमालिका मन्दिरमा दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुँने जनविश्वास छ । मन्दिर परिसरबाट आँखै अगाडि देखिने सैपाल हिमालको मनोरम दृश्यले यहाँको सौन्दर्यलाई झनै तिखारेको छ ।

बडीमालीका पुग्नका लागि उचित बाँस बस्ने स्थान नभएका कारण भक्तजन तथा पर्यटकले खानपिन तथा बाँसको जोहो आफै गर्नुपर्छ । मन्दिर व्यवस्थापनले भक्तजनहरुलाई बाँस बस्नका लागी एउटा धर्मशाला बनाइदिएकाले भक्तजनहरु त्यहीँ बास बस्ने गर्छन् । मन्दिर पुजारी कृष्ण धमला भन्नुहुँन्छ । बडिमालीकामा सरकारको पहुँच नभएका कारण त्यहाँबाट जडीबुडीको चोरी निकासी हुँने गरेको छ । सरकारले बडीमालीका जाने स्थानमा चेकपोष्ट राख्नुपर्ने उहाँको माग छ ।

बडिमालिका क्षेत्रलाई पश्चिम नेपालकै मुख्य पर्यटकिय क्षेत्र बनाउन कालीकोट, अछाम र कालीकोटका स्थानीय तहहरुले पूर्वाधारका कामहरु अगाढी बढाउका छन् । त्रिवेणीधामसम्म सडक पुगाउने उद्देश्यले अहिले कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाको बल्लेकाँधसम्म सडक निमार्ण भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?