मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छिन्  ।

गम्भिर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको हो  । को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले  सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?