जुम्लाको तातोपानी–४ मा औद्योगिक ग्राम स्थापना हुने

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ ।

सरकारले औद्योगिक ग्राम स्थापना गरी युवाहरुलाई रोजगारी तथा आत्मनिर्भर बनाउने योजना अनुसार मुलुकभरका आठ वटा स्थानीय तहमध्ये जुम्लाको तातोपानी गाउँपालिका– ४ छनोटमा परेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।

स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारणका लागी सो औद्योगिक ग्रामको भुमिका हुने अध्यक्ष चौलागाईको भनाइ छ ।

आवश्यक चाहिने निश्चित मापदण्ड गरेर नेपाल सरकार, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले २०७९ भाद्र १० गते औद्योगिक ग्राम स्थापनाको लागि सार्वजनिक सूचना जारी गरेको थियो । मन्त्रालयको जारी सूचनाको आधारमा चाहिने सबै प्रक्रिया पुरा गरी गाउँ कार्यापालिकाको निर्णयबाट वडा नंं. ४ लाई छनौट गरि पालिकाले औद्योगिक ग्राम स्थापनाका लागी मन्त्रालयमा प्रस्ताव पेश गरेको वडाध्यक्ष अमर रोकायाले बताउनु भयो । सो वडाको रातेखोलामा रहेको करिब १५ हजार ८८२ वर्गमिटर क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल सरकारकोे मन्त्री परिषद्को यही फागुन ४ को निर्णयबाट स्वीकृत भई पारित भएको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

स्थानीय स्रोत, कच्चा पदार्थ, सीप र साधनको परिचालन गरी यहाँका स्थानीयवासिको रोजगारी सिर्जनामा टेवा पुग्ने वडाध्यक्ष रोकायाले बताउनुभयो । नेपाल सरकारको मन्त्रिपरिषद बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम निर्माणको बारेमा प्रस्ताव राखेपछि सरकारको तर्फबाट स्वीकृत गरेको हो । सरकारले प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम संचालनमा ल्याउने लक्ष्य लिएको छ । छरिएर रहेको स्थानीय स्रोत साधन तथा प्रविधि परिचालन गरी स्थानीयस्तरमै रोजगारी सञ्चालन गर्ने उद्देश्यले सरकारले औद्योगिक ग्राम घोषणा गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?