दोस्रो पटक क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल एथलेटिक्स एशोसिएशनको तात्वावधानमा फागन तेस्रो साता १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप हुने भएको छ ।

आईतवार नेपाल एथलेटिक्स एशोसिएशनले पत्रकार सम्मेलन गरेर १६ औं संस्करणको एशियन क्रस कन्ट्री च्याम्पियनसिप फागुन २३ गते नेपालमा आयोजना हुने जनाएको हो । प्रतियोगितामा नेपालसहित विभिन्न देशका ३० देखि ४० राष्ट्रका करिव ४ सय ५० खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो । गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्टको एरियामा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिलातर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलो मिटर र २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलो मिटरका कुल ४ विधामा व्यक्तिगत र टिम ईभेन्ट्सहरुमा प्रतिष्पर्धा हुनेछ ।

यस प्रतियोगिता नेपालले दोश्रो पटक आयोजना गर्ने लागेको हो । यसअघि करिव २४ वर्ष अगाडी सन् १९९९ मा यस प्रतियोगिता नेपालले आयोजना गरेको थियो । यस प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने खेलाडी फागुन ९ गते छनोट गरेर बन्द प्रशिक्षणमा राखिनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?