लघुकथा समाजद्वारा दुई कथाकारलाई सम्मान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लघुकथा समाज नेपालले ‘सावित्री-केशर कथा सम्मान-२०७९’ कथाकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने)लाई र ‘बाटुली-खिलध्वज लघुकथा सम्मान-२०७९’ लघुकथाकार कल्याण पन्तलाई अर्पण गरेको छ । दुवै सम्मानकासाथ नगद राशि २१ हजार रुपैयाँको थैली पनि प्रदान गरिएको छ । थैली पुरस्कार संस्थापकहरू हरि थापा र भैरवी थापाले प्रदान गर्नुभएको थियो ।

आइतबार काठमाडौंमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.लक्ष्मणप्रसाद गौतमले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र प्रदान गर्दै दुवै सर्जकलाई सम्मानित गर्न पाउँदा खुशी लागेको बताउनुभयो । समाजका सल्लाहकार साहित्यकार अशेष मल्लले लघुकथा समाजले समर्पण गर्ने सम्मानहरूका लागि चयन हुने व्यक्ति उत्कृष्ट हुने जिकिर गर्नुभयो ।

दुवै सम्मानका संस्थापकका तर्फबाट साहित्यकार हरि थापाले आगामी दिनमा समाजले हाम्रो होइन राम्रो कथाकारहरूको चयन गर्दै सम्मानित गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा समाजका सदस्य नवराज रिजालले दुवै सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गर्नुभएको थियो भने समाजका अध्यक्ष गोपाल अश्क र सदस्य श्रीबाबु काकीले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?