शितल कादम्बिनीको ‘चिलिम भरेर’

Read Time = 1 min

काठमाडौं । गीतकार शीतल कादम्बिनीको भजन ‘चिलिम भरेर’ सार्वजनिक भएको छ । रचना रिमाल र प्रिया सुवेदीको स्वर, शुरेस अधिकारीको संगीत, फडिन्द्र राईको एरेञ्ज र योगेश काजीको मिक्सिङ तथा माष्टरिङ रहेको भजन ‘चिलिम भरेर’को भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन रहेको सार्वजनिक भजनको भिडियोमा नायक तथा मोडल प्रदीप बास्तोलालाई भगवान् शिवको रूपमा देख्न सकिन्छ । यस्तै भिडियोमा विशाल राई, शुरेस अधिकारी, उषा गजुरेल, सरु राईलगायतको अभिनय छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोलाई पशुपति मन्दिर पेरिसमा छायांकन गरिएको छ । गीतकोे भिडियोलाई शिवरात्रिलाई लक्षित गरेर सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?