नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी जेलमुक्त

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी जेलमुक्त हुनुभएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आइतबार कैलाली कारागारबाट रिहा हुनुभएको हो । ट्रयाक्टरमा आगजनी कसुरमा ६ महिना कैद सजाय र आठ लाख रुपैयाँ क्षतिपूर्ति भराउने कैद सजाय पाउनुभएका सांसद चौधरी पक्राउ परेको १८ दिनमै जुलमुक्त हुनुभएको हो ।

झण्डै १३ वर्षअघि २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टरमा आगो लगाएर ध्वस्त बनाएको घटनामा कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते उहाँसहित तीन जनालाई आगजनी घटनामा दोषी ठहर गर्दै ६ महिना जेल कैद र जनही आठ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको थियो ।

सोही अनुरुप अन्य दुई जनाले क्षतिपूर्ति भराउनुका साथै कैद सजाय भोगेर थुनामुक्त भइसकेका छन् । तर चौधरी भने घटना भएदेखि नै फरार हुँदै आउनुभएकोमा २०७९ माघ १९ गते मात्र बाँकेको कोहलपुरबाट पक्राउ पर्नुभएको थियो ।

त्यसपछि उहाँलाई भोलिपल्ट २० गते नै कैलालीको जेलमा थुनामा राखिएको थियो । यसबीचमा सरकारमा सुरु भएको राजनीतिक उतारचढाव र शक्ति सन्तुलन जोगाउने खेलमा परेर उहाँलाई सरकारले प्रजातन्त्र दिवसको अवसरमा पारेर ५० प्रतिशत कैद भुक्तान गरेर केदीलाई दिइने आममाफी मिनाहाको सुविधा पाउने सूचीमा राखेर थुनामुक्त गरिएको हो ।

उहाँलाई कैलाली जिल्ला कारागारबाट रिहा हुने क्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गर्नुभएको थियो । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको थियो । अदालतबाट दोषी ठहर हुनुभएका चौधरीको रिहाइका लागि अध्यक्ष चौधरीले सरकारलाई सदनबाट निरन्तर दबाब दिँदै आउनुभएको थियो । गएको हप्ता संसद बैठकमा नाउपाका अर्का सांसद गंगाराम चौधरीले चौधरीलाई राजनीतिक प्रशोधपूर्ण तरिकाले पक्राउ गरिएको भन्दै तत्काल रिहाई नगरिए सदन चल्न नदिने चेतावनी दिनुभएको थियो ।

त्यसपछिदेखि नै चौधरीलाई रिहाईको कानूनी बाटो खोजिरहेको सरकारले कैद भुक्तानको करिब १२ प्रतिशत मात्र पूरा गरेका चौधरीलाई रिहा गरेको छ । चौधरीको रिहाईले कानूनी व्यवस्थाको धज्जी उडाएको विश्लेषण सुरु भएको छ ।

उहाँले जिल्ला प्रहरी कार्यालयमा आफू फरार लिस्टमा छु कि छैन भन्ने कुरा सोध्दा प्रहरीले नै फरार सूचीमा नरहेको बताएको दावी गर्नुभयो । उहाँले सोहीमुद्धामा जेलजिवन विताइरहनुभएका विरबहादुर चौधरीको रिहाईका लागि पहल गर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?