काठमाडौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज(सोमबार) बस्दैछ । बैठक दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा बस्न लागेको हो ।
फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।
आइतबार साँझ कांग्रेसमा शीर्ष नेताहरूले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।
कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जवाफ दिनुभएको थियो । २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
यसअघि नेकपा एमालेसहित सत्ता गठबन्धन दलहरूसँग भएको सहमतिअनुसार गठबन्धन दलहरूको तर्फबाट साझा उम्मेदवार बनाउने भनिएपनि पछिल्लो समय माओवादी र एमालेका नेताहरूले राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर भिन्न प्रतिक्रिया दिँदै आएका छन् ।
पमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार रहने र माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई साथ दिनुपर्ने अभिव्यक्ति दिँदै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदमा विश्वासको मत दिएको कांग्रेसको उक्त अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रपटिमा राष्ट्रिय सहमति हुने बताउँदै आएका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका