बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन नेपालको भ्रमणमा आउने हुनुभएको छ । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउन लाग्नुभएको हो ।

उहाँले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्नु हुनेछ । कूटनीतिक स्रोतका अनुसार उहाँले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाल–बेलायत सन्धि-१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उहाँले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने कार्यक्रम छ । उक्त विद्युत परियोजनामा बेलायतले लगानी बोर्डमार्फत् आर्थिक लगानी गरेको छ ।

राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणको दौरान सन्धि एक सय वर्ष पुगेको उपलक्ष्यमा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ । साथै उहाँ धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?