टस जितेर नामिबिया फिल्डिङमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौ‌ं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर नामिबियाले पहिला फिल्डिङ रोजेको छ ।

टियु क्रिकेट मैदान जारी खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नामिबिया सुरुवाती तीनै खेलमा नै पराजित भएको छ । जारी खेलमा नामिबिया स्कटल्यान्डलाई हराउन चाहन्छ ।

नेपालसँग तीन विकेटले पराजित स्कटल्याण्डलाई पराजित गर्ने दाउमा नामिबिया छ । तर, तीन खेल अगावै लिग च्याम्पियन बनिसकेको स्कटल्यान्डमाथी बिजय हासिल गर्न भने नामिबियालाई त्यति सहज छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?