सर्लाहीका मिटरब्याजीको धर्ना

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । मिटरव्याज पीडित किसान तथा मजदुरहरुले आइतवारबाट दैनिक ३ घण्टा धर्ना दिएका छन् । सोमवार समेत मिटरव्याज पीडित किसान तथा मजदुरहरुलले धर्ना दिएका छन् । सर्लाहीको नवलपुरमा ३ घण्टा दैनिक धर्ना दिइरहने मिटरव्याज तथा ठगी विरुद्धको किसान मजदुर संघर्ष समितिकी सर्लाहीले जनाएको छ ।

मिटरव्याज तथा ठगी विरुद्धको किसान मजदुर संघर्ष समितिकी सर्लाही संयोजक एवम अभियानकी अभियन्ता महिला नेतृ रुक्मणी चौधरीको नेतृत्वमा पूर्वपश्चिम राजमार्गको नवलपुरस्थित तिनकुने पार्कमा धर्ना दिएका हुन् । मिटरव्याजका कारण किसानहरु मारमा परेको, उनीहरुको घर खेत नै गुमिसकेको अवस्थामा पनि मिटरव्याजीहरुलाई कार्वाही गर्न सरकारले कुनै तदारुकता नदेखाएको, उल्टै मिटरव्याजीहरु शानका साथ हिडिरहँदा पनि सरकारले उनीहरुलाई पक्राउ गर्न नसकेको भन्दै आफूहरुले धर्ना लगायतका कार्यक्रम गरेको अभियानकी संयोजक चौधरीले बताउनु भयो ।

उनीहरुले धर्नाका क्रममा अदालतलाई अपराधि चिनाउने कार्यक्रम भन्दै विभिन्न नाराहरु लेखिएको व्यानर प्रदर्शन गर्दै धर्ना दिएका थिए । उनीहरुले सुदखोर मिटरव्याजी श्याम परदेशी, रामबाबु राय, संजय रौनियार, रामस्वरुप रायलगायतका तस्बीर अंकित व्यानर समेत प्रदर्शन गरेका थिए । व्यानरमा उनीहरुले दृष्टिबन्धक खारेज गर, राजीनामा पास फिर्ता गर, जाली तमसुक मान्दैनौं जस्ता नारा उल्लेख गरेका थिए ।

धर्ना कार्यक्रमलाई आइबार मिटर ज्याज तथा ठगिविरुद्धको अभियानका अभियन्ता एवम् हरिवन नगरपालिकाका मेयर रमेशकुमार बुढाथोकी (कमल) लगायतले सम्बोधन गर्नुभएको थियो भने सोमवारबाट बिभिन राजनीतिक दलका नेता कार्यकर्ताले संमेत धर्ना कायक्रममा ऐकबद्धता दिइरहनु भएको अभियानकी संयोजक चौधरीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?