ॐकार शक्ति नेपालको त्रिशूल पदयात्रा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ॐकार शक्ति नेपालले १ हजार ८ त्रिशूल पदयात्रा गरेको छ । कामठाडौँको पशुपति परिसरमा ॐकार शक्ति नेपालले त्रिशूल पदयात्रा गरेको हो ।

विश्व शान्ति र राष्ट्रिय जागरणका लागि त्रिशूल यात्रा गरिएको ॐकार शक्ति नेपालका प्रवक्ता शेरबहादुर ओलीले जानकारी दिनुभयो ।

ओलीका अनुसार पशुपति परिसरमा त्रिशूल यात्रा गरिएको थियो । पशुपति परिसरमा रहेको सुमार्गी भवनबाट सुरु भएको यात्रा गौशाला, मित्रपार्क, उमाकुण्ड हुँदै पशुपति परिसरमा गएर समापन भएको छ ।

शिवरात्रिको निरन्तरतासँगै भएको त्रिशूल यात्रामा गुरु गोरखनाथ मठका प्रमुख महन्त योगी शीर्षनाथ, जसमनी परम्पराका मठाधीश परमहंस महर्षि श्री तुलसीदिल समयोगी, सत्य सनातन महाराज, व्यासाचार्य श्री किशोर गौतम तथा साधु सन्तहरूको सहभागिता रहेको प्रवक्ता ओलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?