अध्यक्ष कप भलिबलको उपाधि : पुरुषतर्फ अग्लुङ्ग र महिलातर्फ पुर्कोटदहलाई

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाद्वारा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ वडा नं.– १, अग्लुङ्गले जितेको छ । फागुन ५ गते शुक्रबारदेखि आईतबारसम्म चलेको प्रतियोगितामा वडा नं.– ५, मलागिरीलाई हराउँदै अग्लुङ्गले पुरुषतर्फको उपाधि जितेको हो ।

अग्लुङ्गले मलागिरीलाई ३–१ सेटमा पराजित गर्दै सो उपाधि जित्न सफल भएको छ । अध्यक्ष कपको उपाधि प्राप्त अग्लुङ्गले नगद ४० हजार रुपियाँ, मेडल र प्रमाणपत्र समेत प्राप्त गरेको हो । दोस्रो भएको मलागिरीले ३० हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । वडा नं. ७ भने तेस्रो भएको छ । जसले २० हजार रुपियाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिलातर्फ वडा नं ६, पुर्कोटदहले वडा नं–४ म्यालपोखरीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि प्राप्त गरेको छ । उपाधि प्राप्त गर्दै पुर्कोटदहले २० हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने म्यालपोखरीले १५ हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तेस्रो हुने वडा नं।–२, बाझकटेरीले १० हजार रुपियाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा मलागिरीका चिरन खड्का र पुर्कोटदहका बिपना श्रेष्ठलाई उत्कृष्ट खेलाडीका रुपमा सम्मान गरिएको छ । ७ वटै वडाका पुरुष र महिला गरि १४ समुहको सहभागीता रहेको थियो । सहभागी सबै समुहलाई नगद ५/५ हजार रुपियाँ प्रोत्साहन स्वरुप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु बीच भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा जनप्रतिनिधिको टिमले जित हाँसिल गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?