एनआइसी एसिया लघुवित्तको अध्यक्षमा राठी

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त हुनुभएको छ । एनआइसी एसिया लघुवित्तको संस्थापक एनआइसी एसिया बैंकको हालै सम्पन्न सञ्चालक समितिको ५९०औँ बैठकले राठी र भारीलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा लघुवित्तको सोमबार बसेको १६६औँ सञ्चालक समितिको बैठकले सो पदको बाँकी कार्यकालका लागि नियुक्त गरेको हो ।

साथै बैठकले सञ्चालक राठीलाई संस्थाको सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । नवनियुक्त सञ्चालक राठीले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टसमक्ष शपथ ग्रहण गरी सोही दिन पद बहाल गर्नुभएको छ भने भारीले पनि पद वहाल गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?