रियलमी १० आउँदै

Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नयाँँ मोडल रियलमी १० को डिजाइन सार्वजनिक गरेको छ । जम्मा ७.९५ मिलिमिटर मोटाइ रहेकाले कम्पनीले हालसम्मको सबैभन्दा स्लिम स्मार्टफोन भएको दाबी गरेको छ ।

स्लिम भएर पनि ब्याट्री भने शक्तिशाली पाँच हजार एमएएचको रहेको छ । ६.४ इन्चको ठूलो एमोलेड डिस्प्ले, हलुका र अल्ट्रा-स्लिम बडीका साथसाथै पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री र हेर्दा आकर्षक देखिने स्टाइलिस डिजाइन भएकाले रियलमी १० नयाँँ स्मार्टफोन खोज्ने हरेकका लागि एकदमै उपयुक्त रोजाइ हुने कम्पनीको दाबी छ । त्यस्तै, ३.५ मिलिमिटर हेडफोन ज्याक र दुई सय प्रतिशत अल्ट्राबुम स्पिकरले सुनमा सुगन्ध थपेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?