चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्छ : हमाल

Read Time = 1 min

दाङ । महानायक राजेश हमालले नेपाली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महानायक हमालले नेपाली चलचित्रमा मौलिक कथावस्तुको अभाव देखिएको भन्दै मौलिकतासहित प्रविधिको विकासमा ध्यान दिन सके विश्व बजारमै स्थान पाउने सक्ने जिकिर गर्नुभयो ।

उहाँले विदेशीको नक्कल गरेर चलचित्र क्षेत्रको विकास नहुने भन्दै आफ्नै नेपाली समुदायका सुख, दुःख र जनजीवनसँग सम्बन्धित विषयवस्तुलाई गहन रूपमा उठाउनु आवश्यक रहेको बताउनुभयो । हमालले दर्शकले कथावस्तु, अभिनयसँगै सन्देश खोजेको भन्दै त्यसमा आधारित रहेर चलचित्र बन्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?