एकीकृत समाजवादीले राष्ट्रपति चयनका लागि सबै दलसँग छलफल गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसद्मा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका लागि पछिल्लो पटक विकास भएका राजनीतिक भेटघाट र घटनाक्रमका साथै समसामयिकलगायत विषयमा छलफल गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

जनताको लामो सङ्घर्षबाट प्राप्त भएको राजनीतिक उपलब्धि विरुद्ध भइरहेका गतिविधिप्रति छलफल गरिएको बैठकमा अग्रगमन पक्षधरलाई एकताबद्ध गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकमा वाम एकताका प्रयास, सङ्गठन सुदृढिकरणका प्रतिवेदन, प्रशिक्षक प्रशिक्षणको अवस्था, प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइएको थियो । क्रमिक रुपमा दुबै पार्टीका दोस्रो पुस्ताका नेताबीच भइरहेका वार्ताको सार संक्षेप बैठकमा प्रस्तुत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?