भावी राष्ट्रपति बारे देउवा निवासमा छलफल, उपेन्द्र यादव बाहिरिएपछि माधव नेपालको इन्ट्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपतिबारे छलफल गर्न नेताहरु यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भेला भएका छन् ।

धुम्बाराहीस्थित देउवा निवासमा जसपा अध्यक्ष उपेन्द्र यादवबीच समसामयिक राजनीतिका विषयमा छलफल गरेर केहीबेर अघि बाहिरिएपछि अहिले एकीकृत समाजवादीका नेताहरु पुग्नुभएको छ ।

पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष माधवकुमार नेपाल धुम्बाराहीस्थित देउवा निवावमा पुग्नुभएको हो ।

उहाँहरुबीच राष्ट्रपतिलगायतका विषयमा छलफल भएको छ ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयलाई राजनीतिक सरगर्मी बढेका बेला शीर्षनेताबीच छलफल भएको हो ।

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गर्नुभएको अध्यक्ष नेपाल दुई शीर्षनेता लिएर देउवा भेट्न पुग्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले घुमाउरो पाराले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेको उहाँ स्वयमले पार्टी बैठकमा जानकारी गराउनु भएको थियो ।

यता काँग्रेस आफैँले राष्ट्रपतिको दाबेदारी गरिरहेको छ ।

दलीय छलफलले तीव्रता पाइरहेका बेला देउवा निवास धुम्बाराहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरुबीच छलफल चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?