बाजुरा भूकम्प : केही सरकारी भवनमा क्षति पुगेकाे प्रारम्भिक रिपाेर्ट

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । सूदुरपश्चिम प्रदेशको बाजुरा जिल्लामा बुधवार दिउँसो ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको हो ।

गत माघ १० गते बाजुराको हिमाली गाउँपालिका बिच्छया केन्द्रविन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
सुदूरपश्चिम प्रदेशका निमित्त प्रहरी प्रमुख गणेश चन्दले भूकम्पबाट बाजुराको हिमाली गाउँपालिकामा एउटा बालविकास केन्द्रको भवनमा क्षति पुगेको बताउनुभयो । तर अन्य स्थानमा के कति क्षति पुग्यो त्यसको एकिन विवरण आइनसकेको बताउनुभयो ।

बुधबार दिउँसो गएको भूकम्पको केन्द्रविन्दु पनि हिमाली गाउँपालिकाकै बिच्छया रहेको कुरा आएको छ । त्यहाँ रहेको प्रहरी टोलीलाई पनि जानकारी पठाउँन भनेका छौँ निमित्त प्रहरी प्रमुख चन्दले भन्नुभयो ।
भूकम्पको केन्द्रविन्दु रहेको हिमाली गाउँपालिकामा दुईवटा स्वास्थ्य चौकी भवनहरुमा क्षति पुगेको बताइएको छ । यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार हिमाली गाउँपालिकामा रहेको बिच्छ्या स्वास्थ्य चौकी र रुगीन स्वास्थ्य चौकीका भवनहरुमा क्षेती पुगेको बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक बोहोराका अनुसार हिमाली गाउँपालिका वडा नम्बर–४ फैतीका कर्ण प्रसाद पाण्डेको दुई तलाको ४ कोठे घर चर्किएपछि छिमेकी नयाउली हमालको घरमा बसिरहेको जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले हिमाली गाउँपालिका वडा न–१ मा रहेको बालविकास केन्द्रको भवन पूर्ण रुपमा क्षति भएको बताउनुभएको छ । उहाँका अनुसार अहिले सम्मको जानकारी अनुसार सातदेखि आठ वटा घरहरुमा पनि ठुलो क्षति पुगेको जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष मल्लका अनुसार भूकम्पको विस्तृत विरण सङ्कलनको काम जारी रहेको पनि उहाँले बताउनुभयो ।

बाजुरामा गत माघ १० गते गएको भूकम्पमा केही घरहरु पूर्णरुपमा भत्किएका र केहीमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको थियो । गत माघ महिनाको भूकम्पमा परी गौमुल गाउँपालिकाकी एम महिलाको ज्यान गएको थियो भने एक घाइते थिए ।

गत माघ महिनामा आएको ५ दशमलव ९ म्याग्निच्यूड भूकम्पका कारण सबैभन्दा बढी बाजुराको गौमुल गाउँपालि, हिमाली गाउँपालिका र खप्तड तथा बडिमालिका नगरपालिकामा धनजनको ठुलो क्षति भएको थियो ।
बुधार दिउँसो गएको भूकम्प नेपाल र भारतका विभिन्न ठाउँहरुमा समेत महशुस गएिको समाचार प्रकाशित भइरहेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?