‘बिहे पास’को टिजर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘बिहे पास’को टिजर सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर चलचित्रको टिजर बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । टिजरमा दयाहाङ र प्रकृतिलाई श्रीमानश्रीमतीको रूपमा देखाइएको छ । प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा रहेको देखिन्छ ।

प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको चलचित्रमा दयाहाङ र प्रकृतिसँगै श्याम राई, विशाल पहाडी, सुवास गजुरेललगायत कलाकारको अभिनय छ । यो चलचित्र वैशाख १ गते सिनेमाघरमा आउने तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?