काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युएई र कतारमा बाइक राइडर र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गर्दै युएई र कतारमा उल्लेखित पदमा गएका अधिकांश श्रमिक समस्यामा परेकाले विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको जनाएको छ ।
बाइक राइडर र ट्याक्सी चालकमा त्यहाँ जानेले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेकाले विभागले कडाइ गरेको हो ।
पछिल्लो समय बाइक राइडर र ट्याक्सी चालकमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभएको छ ।
सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले दुर्घटना बढेसँगै उल्लेखित पदमा जान रोक लगाइएको विभागले जनाएको छ । अर्को निर्णय नभएसम्म उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागले जनाएको छ ।







रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित
म्यानचेस्टर डर्बीमा सिटीको विवादास्पद जित