सिटिजन्स बैंकलाई ओरियन्ट क्याफेमा छुट

Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र दरबारमार्गस्थित ओरिएन्ट क्याफेबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकले ओरिएन्ट क्याफेमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहित गर्न विभिन्न ग्राहकमैत्री सुविधा पनि सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले फैलिएका एक सय ८२ शाखा, एक सय ३४ एटिएम र ९७ शाखारहित इकाईबाट १५ लाख २६ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?