नेशनल लाइफ ३६ औँ वर्षमा

Read Time = 2 mins

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औँ वर्ष पूरा गरी ३६औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ । जसमा ५० भन्दा बढी कम्पनी कर्मचारीको सहभागिता रहेको थियो । साथै देशभरमा ३४ वटा बाल र वृद्धाश्रममा खाना खुवाउने कार्यक्रमसमेत आयोजना गरेको छ भने कर्मचारीबीच विभिन्न खेलकुद कार्यक्रम पनि सञ्चालन गरेको छ ।

संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश पारित गरेको छ । कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब हाराहरीमा रकम जम्मा भएको छ ।

आर्थिक वर्ष २०७७/०७८ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ रहेको छ । आव २०७७/०७८ को बीमांकीय मूल्यांकनपछि बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालय नेपालगञ्जमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको छ ।

एक सय १७ शाखा र चार सय ६० कर्मचारी रहेको यस कम्पनीका एक लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् । कम्पनीले २०७९ पुससम्म कुल बीमाशुल्क आम्दानी ८५ अर्ब एक करोड आर्जन गरेको छ भने कुल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ र कुल २९ अर्ब ६० करोड बराबर बीमा दाबी भुक्तानी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?