पाथिभरा क्षेत्रमा बर्षासँगै हिमपात

हिमालय टाइम्स
Read Time = 1 min

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथिभरा क्षेत्रमा हिमपात भएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा बुधबार साँझदेखि सामान्य हिमपात भएको हो । यस बर्ष यहाँ पहिलो पटक सामान्य हिमपात भएको हो ।

विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङगोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा भएको थिएन ।

उता, सदरमुकाम फुङलिङसहित केही ठाउँमा वर्षा भएकाले किसानलाई सामान्य राहत मिलेको छ । बर्षा भएसँगै किसानलाई भने राहत मिलेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?