काठमाडौं । साताको अन्तिम कारोबार सेयर बजारमा ओरालोे लागेको छ ।
नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२ बिन्दुमा आएर रोकिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९८ अङ्कले घटेर ३८४.३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा छिमेकि लघुवित्त वित्तिय संस्था शीर्ष स्थानमा रहेको छ। यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी एनआईसि एसियाको ७ करोडको कारोबार भएको छ ।
बिहीबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ। आजको नेपाल हाईड्रो डेभलोपर रसामलिंग पावर कम्पनीको ४ प्रतिशतको सेयर कारोबार भएको छ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका