सिंहदरबारमा मा‌ओवादीसहित पुरानो गठबन्धनका तीन दलको बैठक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक सिंहदरवारमा सुरु भएको छ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी हुनुहुन्छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्छ भने एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी हुनुहुन्छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकअघि माओवादी केन्द्र र जसपाका नेताहरूबीच बैठक भएको थियो। प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि जसपा अध्यक्ष यादवले उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक रहेको बताउनु भएको छ ।

यसअघि बुधबार साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो।उक्त सहमतिपछि आज प्रधानमन्त्री प्रचण्डले अरू दलका नेताहरूसँग छलफल गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?