सञ्चालनमा नआउँदै बिग्रियो रारा तालकाे मोटरबाेट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न प्रकारका स्रोत साधनहरू जुटाइन्छ, तर त्यसको फलस्वरुप नतिजा भने राम्रो देखिँदैन ।

पर्यटकलाई थप आकर्षक गर्न रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले मोटरबोट ल्याएको थियो । गत आर्थिक वर्ष निवर्तमान वार्डेन बद्रि विनोद दाहालको कार्यकालमा ल्याइएको मोटरबोट करिब आधा बितिसक्दा पनि सञ्चालनमा नआउँदै बिग्रिनुका साथै रारातालको छेउमा थन्किएको छ ।

दाहालको कार्यकालमा सञ्चालनमा ल्याउने भनिएको उक्त मोटर बोट सञ्चालन नआउँदा  रारा राष्ट्रिय निकुञ्ज कार्यालयको एउटा कोठामा थन्किएको थियो । उक्त बोट १८ लाखमा खरिद गरिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ ।

विशेष गरेर उक्त मोटर बुट राराताल आकस्मिक घटना घटेमा त्यसको उद्धारको लागि मोटरबोट ल्याइएको थियो । उक्त मोटरबोट सञ्चालनमा नआउँदा राजस्वमा न्यून संकलन हुनु, पर्यटकलाई थप आकर्षण नहुने जस्ता विभिन्न पक्षलाई हेरिएको छ ।

गत ७ महिनाअघि पूर्व वार्डेन दाहाल हुँदा मोटरबोट प्रयोग नगरिनुका साथै स्टोरबाटै झिकिएन । तर, उहाँको सरुवा भएपछि रारा राष्ट्रिय निकुञ्जमा कार्यभार सम्हालेका वर्तमान वार्डेन विश्वबाबु श्रेष्ठलाई मोटरबोट सञ्चालन, रेस्क्युको लागि डुँगा चालकले अनुरोध गर्नुभयाे ।  मोटरबोटलाई प्रयोगमा ल्याउन बर्दियाबाट एनटी एनसी मिस्त्री झिकाई स्टोरमा थन्किएको मोटरबोट  हेर्दा भित्रि भाग तर्फ तीनवटा प्वाल परेर फेला परेको डुंगा नाईके राजेश रावलले जानकारी दिनुभयो ।  उक्त बोट सिल स्काई कम्पनीबाट ल्याईएको हो ।
-खड्क सुनार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ विश्वकपअघि भिसा विवाद: इरानले अमेरिकामाथि विभेदको आरोप लगायो ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग ४८ वटा सटर डोजरले भत्काएपछि रहेन सिन्धुलीको स्टल बजार अनलाइनबाट सडकसम्म: ‘कक्रोच जनता पार्टी’को पहिलो प्रदर्शन, दिल्लीमा कडा सुरक्षा प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल परराष्ट्रमन्त्री खनाल र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता कालीकोटमा ट्याक्टर दुर्घटना, चालकसहित दुई गम्भीर घाइते ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु