सेल्फी खिचेर विश्व कीर्तिमान बनाए अक्षय कुमारले

Read Time = 1 min

एजेन्सी । बलिउड सुपरस्टार अक्षय कुमारले तीन मिनेटको अवधिमा सबैभन्दा धेरै सेल्फी खिचेर विश्व कीर्तिमान बनाउनुभएको छ । रिलिजको संघारमा रहेको उहाँको चलचित्र ‘सेल्फी’को ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा उहाँले यो कीर्तिमान बनाउनुभएको हो । यही चलचित्रको प्रोमोशनको दौरान उहाँले तीन मिनेटमा १८४ सेल्फी खिच्नुभयो । र, यो विश्व कीर्तिमान बन्यो ।

यसअघि तीन मिनेटभित्रमा सबैभन्दा धेरै सेल्फी खिच्नेमा जेम्स स्मिथको नाम थियो । उहाँले १६८ सेल्फी खिच्नुभएको थियो । त्यसअघि यो कीर्तिमान हलिउड अभिनेता ड्वेन जोनसन (रक)को नाममा थियो । उहाँले सन् २०१५ मा १०५ वटा सेल्फी खिच्दै कीर्तिमान बनाउनुभएको थियो । कीर्तिमान बनाएपछि अक्षयले भन्नुभएको, ‘म निकै खुशी छु यो अनौठो विश्व कीर्तिमान बनाएकोमा । मैले आजसम्म जे पनि हासिल गरेको छु र म जहाँ छु यो सबै मेरो फ्यानहरूको माया र साथको कारण हो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?