‘छड्के २’को ट्रेलर सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । चलचित्र ‘छड्के २’को ट्रेलर सार्वजनिक गरिएको छ । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रले तीन ग्याङको लडाइँको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा ‘छड्के २’ले भन्छ । जसको उद्देश्य मनाङको प्राकृतिक स्रोतको संकलन र त्यसबाट प्राप्त धन आर्जन गर्नु हो ।

तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताको रूपमा अभिनेता केसीलाई प्रस्तुत गरिएको छ । जसको शरीरभरी ट्याटु र हातमा हमेसा खुँडा बोकेर बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व शानका साथ गरिरहेको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रमा अनमोलका अलवा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आलेमगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी र कुमार घलानलगायत कलाकारले अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले हुनुहुन्छ ।

यो चलचित्र फागुन १९ गतेदेखि सिनेमाघरमा आउँदै छ । यही मितिमा दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा-४’ प्रदर्शनमा आउँदै छ । ‘छक्का पञ्जा’ सिरिज हालसम्म सबैभन्दा धेरै ‘बक्सअफिस’मा ‘ग्रस कलेक्सन’ गर्ने चलचित्र हो । ‘छड्के-२’लाई निगम श्रेष्ठले निर्देशन गर्नुभएको छ भने ‘छक्का पञ्जा–४’लाई हेमराज बिसीले निर्देशन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?