सगरमाथा इन्स्योरेन्सको बोनस सेयर पारित

Read Time = 1 min

काठमाडौं । सगरमाथा लाइफ इन्स्योरेन्सको २६औँ साधारण सभाबाट कम्पनीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश पारित भएको छ । साथै मर्जर सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता सेयर(१००ः८०) कायम हुने गरी निर्धारित सेयर आदानप्रदान अनुपात हुने गरी गरिएको मर्जर प्रस्ताव पारित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा १८.१६ प्रतिशतले व्यवसाय वृद्धि गर्दै दुई अर्ब १० करोड बीमा शुल्क आर्जन गरी ३७ करोड आठ लाख ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै कम्पनीले यस आर्थिक वर्ष गत वर्षको तुलनामा ३९.३४ प्रतिशतले वृद्धि गरी एक अर्ब ८५ करोड ६० लाख ६७ हजार बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?