लुम्बिनी इन्स्योरेन्सको ७.३५ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बिहीबार सम्पन्न १८औँ वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ७.३५ प्रतिशत लाभांश पारित गरेको हो ।

साथै सगरमाथा इन्स्योरेन्स कम्पनी गाभिने र गाभिएपछिको कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम रहने, १००ः८० हुने गरी स्वाप रेसियो कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाले दुवै कम्पनी मर्जपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा प्रतिनिधित्व गर्ने सञ्चालक तोक्ने र मर्जरलगायत कम्पनीतर्फबाट गर्नुपर्ने बाँकी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

साधारण सभामा कम्पनीका अध्यक्ष मनोहरदास मुलले कम्पनीको व्यवसायलगायतका अन्य काम कारबाहीबारे चर्चा गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?