सूर्य नेपाल गल्फमा सुवासलाई अग्रता

Read Time = 1 min

पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अण्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिनुभएको छ ।

पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तिमा समग्रमा १-अण्डर १ सय ३७ स्कोरसहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्नुभयो ।

समग्रमा १-ओभर १ सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्तरूपमा तेस्रो स्थानमा रहनुभएको छ । आयोजकका अनुसार नेपाल नम्बर एक शुक्रबहादुर राईले दलबहादुर लामासँग समग्रमा ४-ओभर १ सय ४२ सहित संयुक्तरूपमा पाँचौँ स्थान बाँड्नुभयो भने जयराम श्रेष्ठ सातौँ स्थानमा रहनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?