सन्दीप लामिछानेको निवेदनमाथि १५औँ नम्बरमा सुनुवाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आफूलाई देश बाहिर जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न दिएको आदेशसँगै देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग-२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि सुनुवाइ गर्न शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा पेसी तोकिएको छ । खतिवडाको इजलासको १५औँ नम्बरमा सन्दीपको निवेदनमाथि सुनुवाइ हुनेछ ।

लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?