हात्ती आतंक नियन्त्रण गर्न सांसदको माग

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी प्रतिनिधिसभा बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।

बैठककाे सुरुवातमै सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरीमा भएको यमगज हात्तीको आतंक नियन्त्रण गर्न माग गर्नुभयाे ।

तीन दिनअघि मनहरी-४ मा हात्तीको आक्रमणबाट ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको भन्दै उहाँले तत्काल यमगज नामक हात्तीको आतंक नियन्त्रण र मृतकको परिवारलाई राहतको व्यवस्था गर्न माग गर्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?