राष्ट्रपति उम्मेदवारबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपतिको निर्वाचनलाई लिएर सत्तारुढ मुख्य दुई दल एमाले र माओवादी केन्द्रबीच दुरी बढ्दै गइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिको विषयमा निर्णायक छलफल गर्नका लागि एमाले अध्यक्ष ओली बालुवाटारमा पुग्नुभएको हो ।

यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ ।

एमाले बाहेकका चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गर्नुभएको दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि एमाले अध्यक्ष ओलीसँग छलफल गर्नुभएको हो ।

यसअघि बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ४ दलको बैठकले चुनावअघिको गठबन्धन ब्यूँताउने सहमति गरेको थियो । चार दलको बैठकमा साझा उम्मेदवार तय गर्ने सैद्धान्तिक सहमति भएपनि कांग्रेस र एकीकृत समाजवादीले आ–आफ्नै दाबी गरिरहेका छन् ।

एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेको छ भने माओवादी राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?