काठमाडौं । आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।
उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपद्धि आदेश आउने बताइएको छ ।
सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताउनु भयो । तर, प्रक्रियालाई हामीले छाड्न नमिल्ने उहाँको भनाइ छ ।
लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका