राष्ट्रपति रनिङ शिल्डको उपाधि न्यू लाइफ माविलाई

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका स्तरीय तेस्रो अन्तर विद्यालय नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रथम उपाधि न्यू लाइफ माध्यामिक विद्यालयले हात परेको छ । बर्दघाट १५ मा रहेको सरस्वती माविमा ८ गतेदेखि सुरु भएको खेल ११ गते सम्पन्न भएको छ । अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू लाइफ माविले राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

न्यू लाइफ माविले यसअघि दोस्रो रनिङ शिल्डसमेत हात पारेको विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार विद्यालयमा शैक्षिक गतिविधिका साथै खेलकुदलाई पनि प्राथमिक दिएकाले विद्यालयले दोस्रो र तेस्रो गरी दुई पटकसम्म राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पर्न सफल भएको हो ।

न्यू लाइफले छात्रा भलिबलमामा तृतीय, छात्रा तेक्वान्दोमा दोस्रो, छात्र तेक्वान्दो प्रथम, छात्रा कबडीमा प्रथम स्थान हासिल गरेको विद्यालयका प्रबन्ध निर्देशक डि.बि अधिकारीले जानकारी दिनुभयो । विद्यालयले प्रथम पुरस्कार स्वरुप २५ हजार रुपैयाँ शिल्ड र मेडल प्राप्त गरेको छ ।

त्यस्तै दिव्यज्योति माध्यमिक विद्यालय दोस्रो स्थान हात पार्दै १५ हजार नगद र मेडल प्राप्त गरेको छ । गंगा माध्यमिक विद्यालयले तेस्रो स्थान हात पारेको छ । उसले १० हजार र मेडल पुरस्कार प्राप्त गरेको छ बर्दघाट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत गोविन्द शर्माले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?