बिदा ! बिदा !! बिदा !!!

बद्रीप्रसाद दाहाल
Read Time = 14 mins

‘बिदा’ भन्ने नाम पदवर्ग अरबी भाषाको ‘बिदाअ’ बाट आगन्तुक कोटिको शब्द हो । यसको चुरो अर्थ कसैलाई कुनै पनि स्थानमा प्रस्थान गर्न दिइने अनुमति वा आज्ञा हो । अर्को कोणबाट हेर्दा : काम गरेबापत नियमानुसार पाइने वा मागिने अवकाश, छुट्ठी, तातिल, छुट्कारा, मुक्ति आदि पनि बिदामै अर्थिन्छ । यतिखेर नेपाल सरकारले सार्वजनिक बिदालाई पार्टीगत स्वार्थ अनुुरूप देशभर बिदा घोषणा गरेर सेवाग्राहीलाई मारमा पारेको देख्दा सरकार आमजनताको सरोकार गोल गर्नुुभन्दा के गर्दा लोकरिभ्mयाइँ हुन्छ त्यही गर्न तयार छ ।

झन्नै एक वर्षअघि देउवा गठबन्धनको सरकारले कर्मचारीहरुलाई एक सातामा दुई दिने सार्वजनिक बिदा दिने कुरा मन्त्रिपरिषद्ले निर्णय गर्न पुुग्यो । लागू भने २०७९ जेठ एक गतेबाट ९ः३० बजेदेखि ५ः३० सम्म कार्यालय खुल्ने अनि शनिबार तथा आइतबार हप्ताको दुई दिन बिदा दिँने भनिएको थियो । यस निर्णयले कयौँ कामचोर कर्मचारी भुरालाई दशैँ आएकोझैँ पुलकित भएको पनि भेटियो । दुुई दिने बिदा दिएमा सरकारी हौवा के थियो भने आन्तरिक पर्यटन बढ्ने, सार्वजनिक खर्चमा कटौती हुने, इन्धनको व्ययभार न्यून रहने, उत्पादकत्वमा बढोत्तरी भएर देशको अर्थतन्त्रमा वसन्त झलमलाउने जस्ता गफ नकच्चराहरूको थियो । तर, यस विषयमा जनस्तरबाट नै धेरै विरोध आएपछि सरकार पछि हट्न बाध्य भयो ।

बिदाको अधिकार मागेर आराम गरी बित्थामा सिधा भकुर्ने नारा र हुलदंगा मच्चाएको भए जापान आज ‘पूूर्वको युुरोप’ भनेर सम्बोधन हुनसक्थ्यो त ? ‘लक्ष्यविनाको हिँडाइ मूल बाटो न दोबाटो’ भन्ने उखान जनताका छोरा शासक हुँदा पनि बुुभ्mन नसक्नु हाम्रो विडम्बना होइन र !

अन्य देशको उदाहरण बिदाभीरु जमातले देखाउँदै झन्नै ९० प्रतिशत देशमा साताको दुई दिन बिदाको प्रचलन के हामीले उपभोग गर्न हुन्न र ? भन्ने जिज्ञासा मडारिएको पनि थियो । ‘लक्कुविनाको धक्कु, मसलाविनाको पक्कु’ भनेझैँ काम कुरो ठण्डाराम, बिदामै गाउने हरिराम ! वृत्तिकालाई भने मोज, वनभोज र म्यारिजलगायत खाल जमाउने र मुड फ्रेस गर्ने सुअवसर ! बिदा देशको सम्पूर्ण परिवेशलाई नियालेर कर्मचारीहरूको हितलाई पनि मध्यनजर गरी राष्ट्रले दिने सहुलियत हो । जापानको हिरोसिमा र नागासाकी तथा अन्य उन्नत शहरमा दोस्रो विश्वयुद्धमा अमेरिकाले अणुबम पड्काएर सो देशलाई तहसनहस पारेपछि जापानीहरूले आफ्नो शब्दकोषबाट ‘आराम’ भन्ने शब्दलाई सार्वजनिक एवं वैयक्तिक जीवन हराम हो भनी राम ! राम ! पुकारे ।

छोटै समयमा ती शहरहरूलगायत जनता र देशभरि नै अभूतपूर्व विकासको लहर बहर बनेर डुुक्रियो । अठ्ठार घण्टा खटेर आपूmले जानेका सीप, क्षमता, जाँगर वा शैलीलाई देशको खातिर लगनसाथ एकलभ्य मार्ग अपनाउँदा नै मरुभूमि बन्न पुगेका जापानका शहरहरूमा हराभरा वैशाख भरिए । बिदाको अधिकार मागेर आराम गरी बित्थामा सिधा भकुर्ने नारा र हुलदंगा मच्चाएको भए जापान आज ‘पूूर्वको युुरोप’ भनेर सम्बोधन हुनसक्थ्यो त ? ‘लक्ष्यविनाको हिँडाइ मूल बाटो न दोबाटो’ भन्ने पूूर्खाको खुर्पाजस्तो लाग्ने उखान जनताका छोरा शासक हुँदा पनि बुुभ्mन नसक्नु हाम्रो विडम्बना होइन र !

‘बिदा’ अधिकारको कुरो नभएर सहुलियतको कुरा हो भनेर उल्लेख गरिएको छ नियमहरूमा । लोकतान्त्रिक गणतन्त्रमा पनि ‘सरकारको काम कहिले जाला घाम’ भन्ने कथन गुरुमन्त्र ठम्याउने कर्मचारी जमात, हाम्रो दलको राजकाज भएको पालामा यो बिदा चलाउन पाए भोलि भोटको दुुःख हुँदैन र आजको खतबात पनि मिनाहा हुन्छ भन्ने कुुचिन्तन पालेका नक्कली राजनेताहरूलाई कठै ! छ्या ! धत् ! धिक्कार ! नभनी कलम टसकोमस हुुँनै मान्दैन बा ! यहाँ त यो उखान ः ‘लाटाले राग ढाल्यो बहिराले सुुन्यो खोरण्डाले नाच्यो डुँडाले मादल बजायो’ जस्तै पो भइरहेछ हे हरि ! !

अर्को कुरा ‘कामको बैरी अल्छी, बुद्धिको वैरी रिस, बलको बैरी बेथा, सबैको बैरी कंगाल’ भन्ने कथन त्रिकालजयी नै सूत्र रहेछ । नेपालजस्ता देशको लागि कर्मचारीलगायत सबै खाले प्रशासनिक राजनीतिक संयन्त्रमा यही फोस्रो व्यवहारबाट पीडित, गलित र स्खलित भएको देखिन्छ । जतिसुकै तालिम, प्रशिक्षण, कार्यशाला र गोष्ठीका पालिस विदेशी अनुदानमा नालिस नलाग्ने गरेर चबाए पनि अधिकांशका ल्याकत नानीदेखिको बानीमै रमाउन हुरुक्क हुन्छ । एकतन्त्र, बहुदलतन्त्र, लोकतन्त्र र गणतन्त्रका रङ्गीविरङ्गी झिल्के खोल व्यवस्थमा हाले पनि तिल्के, तारे, राते र काले साँढाका बानी टसको मस नहुने नै भयो । भानुभक्तीय भोलिवादको गोली लोली मिलाएर आमजनता र सेवाग्राहीमा दुःख दिने तमासा यथावत् अभिनीत भइरहेको छ ।

‘स्वभावो नोपदेशेन शक्यते कर्तुमन्यथा । सुतप्तमपिपानीयं पुनर्गच्छति शीतताम्’ भनेजस्तै–अर्थात् गलत परम्परागत रूपमा टाक्सिएको मान्छेको बानी व्यहोरा जतिसुकै उपदेश, उदाहरण र विदेशै गएर विशेष खाले प्रशिक्षणले सिँगारिँदा पनि दिमाग धुलाई गर्न जटिल हुने रहेछ । भूूपीको काव्य भाषामा गोर्खाली होइन, गोरु खालि भन्ने कुरा सत्य होला कि भन्ने पीर ! ‘लाज न डर आफैं भुुँडी भर’लाई ध्रुववाक्य ठम्याउने अनृतवादीको अगाडि इमान र सत्य हायलकायल छ । लाटा पाडाले दूूध खान्छ, बाठा पाडाले गोबर खान्छ भनेझैँ पो छ त गाँठे ! सस्तो लोकप्रियता आर्जन गर्न र जनताको ध्यानलाई अन्तै बटार्न महाधूूर्त शासकहरूको अब्बल रणनीतिक सूत्र बनेको छ आज बिदाको मुद्दा ।

केही दिनअघि स्वयं प्रधानमन्त्रीले एक कार्यक्रममा अचाक्ली बिदा भएकाले सेवाप्रवाह ठप्पै बनायो । अब सार्वजनिक बिदा कटौती गर्नुपर्छ भनेको पर्सिपल्टै माओवादी सशस्त्र विद्रोह सुरु गरेको प्रथम दिन फागुन १ गते सार्वजनिक बिदा दिएर सरकारले डरलाग्दो भुँमरीमा छुुट्टीलाई नै रिङाएको छ । विभिन्न पार्टी हाइकमानका शीर्ष भनिएका पात्रले वचनको गात्र नखोले पनि अन्य नेताहरू तथा बुुद्धिजीवीले फागुन एक गतेको बिदालाई यसरी सम्झिए ।

नेता शेखर कोइराला : एकातिर स्वयं प्र.मं.सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुुन्छ, एकाएक आएर सरकार संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणा गरेका छन् । त्यस्तै नेता मीनेन्द्र रिजाल-एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्तिसम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित जनयुद्ध दिवस हाम्रो दल नेकाको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ?

एमालेका पूूर्वमन्त्री गोकुल बाँस्कोटा : अस्तिसम्म बिदा बढी भयो भन्थे पुुष्पकमल दाहाल, किन रहेछ भनेको त पूर्वदेखाएर पश्चिम हान्ने रहेछ । राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र प्रतिक्रिया दिँदै भन्छन्- निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ । संविधानविद् भीमार्जुुन आचार्य : सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानुनी राज्यमा कहिल्यै दिवस हुन नसक्ने दिन हो । यो कार्यकारी शक्तिको अधिकारको दुरुपयोग हो । सामाजिक सञ्जालमा त झन् झन् कडा स्टाटसहरू छिरिलबिरिल थिए ।

पेरिस डाँडाको सो दिनको कार्यक्रममा प्रम प्रचण्डले सजिलै भनिदिए : माओवादी सशस्त्र विद्रोहले नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न निर्णायक भूमिका खेलेकाले त्यसको कदर गर्दै जनयुुद्ध दिवसलाई सरकारी मान्यता दिएका हौं ।

पेरिस डाँडाको सो दिनको कार्यक्रममा प्रम प्रचण्डले सजिलै भनिदिए ः माओवादी सशस्त्र विद्रोहले नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न निर्णायक भूमिका खेलेकाले त्यसको कदर गर्दै जनयुुद्ध दिवसलाई सरकारी मान्यता दिएका हौं । माओवादी सगर्व बोल्छ—जनयुुद्ध नेपालको युुगीन राजनीतिक परिवर्तनको आधारशिला बनेको कारण यसले राष्ट्रिय दिवसको आकार ग्रहण गरेको हो । तर, सन्निकट हुन गइरहेको राष्ट्रपति निर्वाचनको परिवेशलाई हेरेर मूलधारका दलका शीर्ष भनिएका नेता र पार्टी प्रवक्ताहरू भने प्रतिक्रियाविहीन बनेर मौनं सम्मति लक्षणम्, जनाएका होलान् भन्ने अनुमान सबै नेपालीले बुुझेका छन् । पृथ्वीनारयण जन्मजयन्ती मनाउन पाएर मख्ख परेको सत्ताधारी राप्रपा चुुइक्कसम्म बोलेन । सारांशमा सबैले कूटनीतिक मूढ साधिरहे ।

शासन प्रशासनका ठेकेदारी लिएकाहरू हाकाहाकी मन, बोली र काममै भनेका छन् : सरकारी काम, छैन पुुग्दो दाम, काम गर्दा छल र छाम !, कति त माया ममता गरेको देखाएर हो बा लुुड्याउने ध्येयले हो भनिटोपल्छन् : सरकारी धन आफ्नै भन ! कतिपय बुुझक्कड भन्छन् ः अवकाश न सबकास, मात्रै बकवास ! राजाको काम कहिले जाला घाम ! अल्छी तिघ्रो स्वादे जिब्रो ! त्यसै हो र, म जस्ता पाटे अल्छीहरूलाई भित्तै पुु¥याउने गरी अल्छीको भाग्य चाल्नाको पानी ! अल्छीको ओठमा आहानको झुुप्पा भनेर बिदामा नाना भाँति कुरा काटेर गफ दोचार्ने अल्छी शिरोमणिलाई सिस्नुुपानी मजाले लगाएका छन् उखानले ।

बिदा वा छुुट्टी पनि मनग्गे चाहिने सिधा पनि बाना मिलाएर पड्काउने भनेर धारे हातमा तारे बनाउनेहरू उत्तिकै छन् । त्यसैले जनताको सरकार हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम नगरोस् । साँच्चै लोकतन्त्र छ र जनता सार्वभौम मान्ने हो भने आमजनताका अप्ठ्यारा, दुःख र झन्झटको निवारण गरोस् । जनताको मत कुनै भावावेग वा लहडको नभई यथार्थको हृदयको चित्कार र मर्काको पोखाइ हो । सार्वजनिक ‘बिदा’ लहड, सनक, आग्रह, आवेग र क्षणिक आनन्द दलीय स्वार्थ साध्ने दिन होइन भन्ने कुरालाई शासकहरूले हेक्का राखून् ! बिदा हुने पहिलो नंबरको देश नेपाल भनेर चिनाउनु विशाद हो र अपकार हो जनता र राष्ट्रका लागि । समाप्त ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?